सौराहामा दुई हजार क्षमताको अस्थायी हल निर्माण हुँदै

८ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।

महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो ।

frontline

महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताउनुभयो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र सौराहामा हुँदैछ ।

एमाले महाधिवेशनको बन्दसत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् । सौराहामा दुई दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलाबा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन् ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरु अग्रिम बुक गरिसकेको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटलमै व्यवस्था गरिएको छ ।

मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here