सौराहाका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरु उत्साहित

श्रोत : ईन्टरनेट

११ मंसिर, काठमाडौं । यतिबेला नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा चलिरहेको छ । जसमा सहभागी हुन दुई हजार भन्दा बढी एमालेका नेता तथा कार्याकर्ताहरु यतिखेर चितवनको सौराहामा छन् । उनीहरुका कारण सौराहाका होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । जसले गर्दा अहिले सौराहाका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरु उत्साहित देखिन्छन् ।

कोरोना महामारीका कारण करिब साढे २ वर्षसम्म थलिएर रहेको होटल तथा पर्यटन ब्यवसायलाई एमाले अधिवेशनले केही भएतापनि राहत हुने काम भएको बताउछन् ग्रीन पार्क चितवन रिसोर्टका सञ्चालक जयराम रिमाल ।

frontline

नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधिको ब्यवस्थापनको लागि भनेर करिब ४ करोड खर्च गर्ने सहमति गरी सौराहामा होटल ब्यवसायीसँग सम्झौता नै गरेको छ । त्यसमा बस्ने र खाने सुविधा दिइएको छ, भने त्यस बाहेकको खर्च भने उपस्थित ब्यक्ति स्वयंले गर्नुपर्छ ।

त्यसरी गरिने खर्चपनि निकै हुन आउने अनुमान गरिएको छ । पहिलो दिन नारायणी नदी किनारमा गरिएको कार्यक्रमबाट बन्द सत्र हुने स्थान सौराहामा आउने बाटो अस्तब्यस्त भएका कारण त्यति ब्यापार हुन नसकेपनि दोस्रो दिनमा भने राम्रो ब्यवसाय हुनसक्ने र देशभरीनै राम्रो सन्देश गएकाले आगामी दिनमा पनि सौराहामा चहल पहल बढ्ने बिश्वास लिइएको रेष्टुरेन्ट एण्ड बार एशोसियसन अफ नेपाल चितवनका अध्यक्ष दिपेन्द्र खतिवडा बताउँछन् ।

समग्रमा भन्नु पर्दा कोराना महामारीका कारण तहसनहस भएको पर्यटन क्षेत्र सौराहामा एमालेको १०औं महाधिवेशनका कारण भ्याइ–नभ्याइको स्थिति छ । जसले गर्दा सौराहाका ब्यवसायी भने यतिबेला कोरोनाको पीडा बिर्सिएर नयाँ उर्जाका साथ ब्यवसाय सञ्चालनमा लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here