सोसिडाडमाथि बार्सिलोनाको फराकिलो जितसँगै शीर्षस्थानमा अग्रता

१९ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो ।

frontline

खेलको २५औं मिनेटमा मार्टसन तथा २९औं मिनेटमा कासाडोले गोल गरेपछि बार्सिलोनाले घरेलु मैदानमा पहिलो हाफमै २-० को अग्रता बनायो । त्यसअघि १७औं मिनेटमा अरिज एलुस्टोन्डोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो ।

५६औं मिनेटमा अराउजोले बार्साको अग्रता थप विस्तार गर्दा ६०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ४-० को जित पक्का गरे ।

यस जितले शीर्षस्थानको बार्सिलोनाको २६ खेलबाट ५७ अंक भएको छ । दोस्रोमा रहेको एट्लेटिको मड्रिडको ५६ तथा तेस्रोको रियल मड्रिडको ५४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here