सोल्टीमोडस्थित गाईबाच्छापाटीमा जलेको अवस्थामा युवाको शव फेला

८ मंसिर, काठमाडौं । काठमाडौं-१३ सोल्टीमोडस्थित गाईबाच्छापाटीमा एक युवाको शव जलेको अवस्थामा फेला परेको छ।

मंगलबार राति प्रहरीले जलेको अवस्थामा शव फेला पारेको हो। 

frontline

ती युवाको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार करिब ३०-३२ वर्षको देखिने युवाको शव फेला परेपछि अनुसन्धान थालिएको हो। 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। 

‘शव कसको हो भन्ने पहिचान खुलिसकेको छैन,’ वृत्तका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले भने। 

घटना अनुसन्धानका लागि वृत्त, महानगरीय प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखाको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here