सोलु कांग्रेस बैठकबाट ‘जनताको साथमा कांग्रेस’अभियानको कार्ययोजना तय गर्ने

श्रोत : ईन्टरनेट

११ भदौ, काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले बैठकबाट ‘जनताको साथमा कांग्रेस’अभियानको कार्ययोजना तय गर्ने भएको छ ।

जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाका अनुसार कांग्रेस केन्द्रले तय गरेको तीन चरणको अभियान संचालानार्थ कार्य योजना निर्माणका लागि भदौ १५ का लागि बैठक बोलाइएको छ ।

frontline

केन्द्रीय प्रतिनिधि कल्पना चौधरीसहितको उपस्थितिमा बस्ने बैठकमा जिल्ला समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, महाधिबेशन प्रतिनिधि, प्रदेश सभा सभापति, प्रदेश अधिबेशन प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार र पालिका सभापतिहरुको उपस्थिती रहनेछ ।

बैठकले केन्द्रीय अभियानलाई गाउँ बस्ति तहसम्म कसरी संचालन गर्ने सम्बन्धमा कार्ययोजना बनाउने कांग्रेस सोलुका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । वैठक भदौ १५ गते विहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here