सोलुदुधकुण्ड नगरपालिकाको ज्याङदिङ–कुनिखोप विद्युत तथा सडक उद्घाटन

टापुटारमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाको लागतमा विस्तार भएको सडक तथा विद्युतको मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईले उद्घाटन गरेका हुन् ।

ज्याङदिङ, कुनिखोप, सुर्के, घुन्सा, दिम्सेसका नागरिक सडकबाट लाभान्वित भएका छन् भने, ज्याङदिङ कुनिखोप क्षेत्रका नागरिक सल्लेरी च्याल्सा तथा राष्ट्रिय प्रसारण लाईनको विद्युत बाट प्रत्यक्ष लाभ लिन सफल भएका छन् ।

frontline

वडा नम्बर ६ स्थित टापुटारमा रहेको टान्सफर्मरबाट स्विच अन गरि विद्युत उद्घाटन गरेका मेयर शेर्पाले नगरपालिकाले विकासमा कुनै भुगोल वा क्षेत्रलाई विभेद नगरेको बताए । सबै वडालाई विकासको समान ढंगले हेरीको समेत बताए । कुनिखोप क्षेत्रमा बाह«ै महिना सडक सञ्चालनका लागि सोलुखोलामा आउने बर्खा अघि नै माटरेबल पुल सम्पन्न गर्ने हिसाबले नगरपालिका अघि बढेको बताए । कुनिखोप क्षेत्रमा रहेको सञ्चारको समस्यालाई पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरबासी प्रत्यक्ष लाभान्वित हुने किसिमले विकासलाई अघि बढाएको उनले थोरै लागतमा धेरै काम गरिरहेको बताए ।

कार्यक्रममा उपमेयर कल्पना राईले कुनिखोप बासीले दिगो विद्युत बाल्न पाउनु खुसीको खबर भएको बताईन् । जनचाहाना अनुसार विकास भईरहेकाले विद्युतको भरपुर उपयोग गर्न समेत उनले आग्रह गरिन् । विकट क्षेत्रमा विकासका लहर आउदै गरेको उनले बताईन् ।

सोलुदुधकुण्ड नगरपालिका ५ का वडाध्यक्ष मिङमार तामाङले वडामा पारदर्शिता कायम रहेको बताए । वडामा कुनै पनि योजनामा अनियमितता भएको पाईएमा वडा कार्यालयमा उजुरी वा खबर गर्न उनले आग्रह गरे । सोलुखोलामा मोटरेबल पुल सञ्चालनमा ल्याई सो क्षेत्रका नागरिकलाई बाह«ै महिना वडा कार्यालयसम्म सहज यात्रा गराउने सपना चाडै पुरा हुने बताए । मिठा मिठा सपना देखाएका जनप्रतिनिधिले विकासमा ध्यान नदिदा समस्या खेप्नु परेको उनको भनाई छ ।

कार्यक्रममा उपस्थित नागरिकले वडामा भएका समस्याका बारेमा गुनासो गरेका थिए । विद्युत विस्तार समितिका अध्यक्ष लाक्पा दोर्जि तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य गान्धिमाया तामाङ लगायतका जनप्रतिनिधि, च्याल्सा विद्युुत कम्पनिका कुलनायराण श्रेष्ठ र स्थानियले मन्त्व्य राखेका थिए । कार्यक्रममा वडा नम्बर ५, ६ र ९का सयौ स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here