सोलुखुम्बुमा नेपालकै पहिलो ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सहरीकरणले छुँदै गएको सोलुखुम्बुको फाप्लु, सल्लेरी र दोर्पु क्षेत्रको ढल अब सहजै व्यवस्थापन हुने छ । जुन घरबाट ढल निस्किन्छ अब पाईप लाईनमार्फत ढल प्रशोधन केन्द्रमा पुग्ने छ ।

फाप्लुको ढल व्यवस्थापनका लागि ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, दोर्पुको ढल प्रशोधन केन्द्र पनि अन्तिम चरणको संघारमा छ ।

frontline

संघिय खानेपानी योजनाको २१ करोडको लागतमा यो आयोजनाको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा बताउनुहुन्छ । आफ्नो पहलमा नगरको बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भईरहेको योजनाको अनुगमन गर्न मेयर शेर्पा आँफै पुग्ने गर्नुभएको छ ।

खुल्ला दिशामुक्त घोषणा गरिएपनि खुल्ला ठाउँमा दिशापिसाब तथा खोलानालामा ढल छोडिराखेको अवस्थालाई मुक्त गर्न नगरपालिकाले यस्तो योजना ल्याएर काम गरेको हो । स्थानिय पनि नगरपालिकाले यस किसिमको योजना ल्याएकोमा खुसी छन् ।

ढल व्यवस्थापन नयाँ प्रविधिबाट हुन लागेपछि तल्ला तहका जनप्रतिनिधि पनि खुसी छन् । उनिहरु भन्छन्, यसले वातावारणलाई प्रदुषणमुक्त बनाउनका लागि पनि सहयोग गर्छ ।

यो आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनि एपेक्स सफल जोशी निर्माण कम्पनिले जनाएको छ । आगामी बैशाखभित्रमा यी दुवै स्थानका प्रशोधन केन्द्र निर्माण भई स्थानिय तहलाई हस्तान्तरण गरिने निर्माण कम्पनिका प्रतिनिधि टिका सुवेदी बताउनुहुन्छ ।

घरघरबाट पाईप लाईनमार्फत ढल यी दुई प्रशोधन केन्द्रमा पुग्छ । यहाँ प्रशोधन भएपनि मल र पानी छुट्टाछुट्टै निस्कने छ । यहाँ उत्पादन भएको मल कृषकले प्रयोग गर्न सक्नेछन् भने पानी खोलामा बग्ने छ ।

तल्लो क्षेत्रमा बनाईएको संरचानमा घाँस तथा विरुवाहरु रोपिने छ । यो प्रकारको योजना सल्लेरी बजारमा पनि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here