सोलुखुम्बुमा जिल्लाभर १५ दिन निषेधाज्ञा

फ्रन्टलाइन देश । कोरोनाको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको निर्णय अनुसार आईतबार राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा जारी भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आईतबार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गाणेश बिक्रम शाहीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

frontline

शुक्रबार सम्म जिल्लामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई ध्यान दिदै कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको बताइएको छ ।

अतिआवश्यकका बाहेक अन्य सबै कार्य गर्न गराउन पाईने छैन । यदि निषेधाज्ञा पालना नगरेको पाईएमा संक्रामक रोग ऐनअनुसार कार्वाही गरिने पनि प्रमुख जिल्ला अधिकारी शाहीको भनाई छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन् । नेपाल सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here