सोमालियामा खडेरीका कारण ६९ लाख जनता प्रभावित

२ चैत, एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् ।

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।

frontline

सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गरे ।

खडेरीका कारण झण्डै ६९ लाख मानिस मात्र नभई ९५ लाख भन्दा बढी पशुचौपाया पनि प्रभावित भएको बताइएको छ । पानीको हाहाकार हुँदा लाखौं जनता पिउने पानीबाट बन्चित भएका छन् । सोमालियामा विगत ३ वर्षदेखि पानी परेको छैन ।

सरकारले सन् २०११ को अनिकालपछि देशले सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here