सैनिक कूपछि शरण खोज्दै ८,४४६ म्यानमारी भारत पुगे,अधिकांशलाई पुन: स्वदेशमै फर्काइदियो

मंगलबार, म्यानमार । गत फेब्रुअरी १ मा भएको सैनिक कूपछि शरण खोज्दै ८ हजार ४ सय ४६ जना म्यानमारी भारत आइपुगे पनि अधिकांशलाई फेरि स्वदेशमै फर्काइएको छ।

भारतको राज्यसभामा सोमबार सांसदहरूका प्रश्नको उत्तर दिँदै रक्षा राज्यमन्त्री अजय भट्टले म्यानमारबाट आएका ५ हजार ७ सय ९६ जनालाई उतै फर्काइएको बताए।

frontline

उनका अनुसार २ हजार ६ सय ९० जना अहिले पनि भारतमै छन्। तीमध्ये केही शरणार्थीको रूपमा रहेका छन्।

म्यानमारमा गत माघ १९ गते सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको थियो। सेनाले सत्ता लिएपछि म्यानमारका केही सुरक्षाकर्मी नै जागिर छोडेर भारत पसेका थिए।

उत्तरपूर्वी भारतीय राज्यहरू मिजोरम, मणिपूर र अरूणाञ्चलको सीमा म्यानमारसँग जोडिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here