सेयर बजार ओरालोतिर, दोहोरो अंकले घट्यो

२१ पुस, काठमाडौं । तीन दिन लगातार उकालो लागेको सेयर बजार बुधबार फेरि ओरालोतिर लागेको छ। बुधबार नेप्से परिसूचक ३० अंक बढीले ओरालो लागेर २६ सय ४९.२० विन्दुमा पुगेर बन्द भएको छ।

यसअघि नेप्से आइतबार ६० र सोमबार ३२ र मंगलबार ६३ अंकले बढेको थियो। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ। यसदिन २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ५२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरिदबिक्री भएको थियो।

frontline

यसदिन एउटा मात्रै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। मध्य भोटेकोशी जलविधुत‍्को सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर र तेह्रथुम पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

सेयर कारोबारको अघिल्लो दिन अर्थात् म‌ंगलबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। सप्तकोशी डेभलपमेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

यस्तै बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।
अपि पावरको १६ करोड ७४ लाख, अपर तामाकोशीको १४ करोड ३५ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ७ लाख र एचआइडीसीएलको १० करोड ६५ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन २.२१, व्यापारको १.७४, बैंकिङको १.५२, विकास बैंकको १.७१, निर्जीव विमाको १.८८, लगानीको १.५४ प्रतिशतले सेयर मूल्य घटेको हो। यसदिन ११ समूहको परिसूचक ओरालो लाग्दा जलविद्युतको ०.४९ र वित्त समूहको ०.१ प्रतिशतले बढेको छ।

यसअघि कारोबारको अघिल्लो दिन मंगलबार ११ समूहको परिसूचक बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here