सेयर बजारका सबै सूचक बढे, कारोबार रकम पनि वृद्धि
३ साउन, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकम पनि वृद्धि भएको छ ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.२० अंकले बढेर २०४५ अंकमा कायम भएको छ । कारोबार रकम पनि साेमबारकाे तुलनामा एक अर्ब बढेको छ । सात दिनयता नेप्से निरन्तर उकालो लागेको छ ।
सोमबार १ अर्ब २९ करोड करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार २ अर्ब २९ करोडको भयो । बैंकिङ ६, विकास बैंक ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र ब्यापार उपसमूह ३२ अंक बढे ।
कुल १४६ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रह्यो । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो ।
गणपती लघुवित्तको ६.९, ग्रिन भेन्चरको ५.५, आईसीएफसीको ५.२ र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य ४.८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एभेरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र अरुणकाबेली क्रमश: अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्