सेयरमूल्य एक हजार बढी भएका २८ कम्पनी

१६ मंसिर, काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार साढे १९ सय विन्दुमा छ । गत वर्ष २०७८ भदौ २ गते ३२ सय विन्दु पार गरेको परिसूचक अहिलसम्म झण्डै ४० प्रतिशतले घटेको छ । यसरी बजार घट्दा अधिकांश कम्पनीको सेयरमूल्य पनि सस्तिएको छ । धितोपत्र दोस्रो बजारमा २४० भन्दा बढी कम्पनी सूचीकृत छन् । 

यीमध्ये कतिपय कम्पनीको सेयर कारोबार रोक्का छ भने कतिपय कम्पनीको सेयर मूल्य ५०० भन्दा कम छ । कम्पनीहरूको गत बिहीबारको शेयर मूल्य हेर्दा चार कम्पनीको सेयरमूल्य १० हजार रुपैयाँभन्दा बढी छ ।

frontline

त्यस्तै तीन हजारभन्दा बढी सेयर मूल्य भएका कम्पनी ११ वटा छ । उक्त दिनको सेयर मूल्य हेर्दा १६ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । नेपाल पूर्वाधार विकास बैंकको सेयर मूल्य १८९ रुपैयाँ १० पैसा छ । 

कतिपय कम्पनीहरूले बोनस सेयर जारी नगरेकाले पनि बोनस बढी पाउने आशमा सेयरधनीहरूले सेयर नबेची बसेका छन् । त्यसले पनि कम्पनीको सेयरमूल्य बढ्न सहयोग पुगेको हो । 

एक हजार रुपैयाँभन्दा बढी सेयर मूल्य भएका २८ कम्पनीहरू 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here