सेनेगलमा दुई बस ठोक्किँदा ४० जनाको मृत्यु, ९० जना घाइते

२४ पुस, डकार  । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । 

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए ।

frontline

‘यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,’ पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।   

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए । 

भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उनले बताए । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उनले बताए ।  

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here