सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण बुढिगंगा नगर प्रमुख शाह

ढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह नगरपालिकाको टोल टोलमा पुुगेर सेनिटरि प्याड तथा स्वच्छता सामाग्रि बितरण गरिरहेका छन् । नगरपालिका तथा बिभिन्न गैर सरकारी संस्थाको सहकार्यमा टोलमै पुुगेर बितरण गरिरहेका छन् । बुढिगंगा नगरपालिका १ का २ सय २९ दलित घर परिवारका महिलाहरुलाई सेनिटरी प्याड र स्वच्छता सामाग्रि बितरण गरेको छ ।साथै नगरपालिकाका २७ जना स्वास्थ्य स्वयम् सेविका तथा उक्त वडा नम्बर १ का अन्य ९४ गरि ३ सय ५० घर परिवारका महिलाहरुलाई सामाग्रि हस्तान्तरण गरेको नगरप्रमुख शाहले वताएका छन् । महिनावारी स्वच्छता सामाग्री साबुन, सेम्प्यु, कोलगेट, नङ कटर, इनर गारमेन्ट र सल बितरण गरेको बुढिगंगा नगरपालिका रोजगार संयोजक प्रदिप साउदले वताएका छन् ।सरकारले बिद्यालयलाई छात्राहरुलाई अनिवार्य सेनिटरि प्याडको ब्यबस्थापन गरेको छ । तर बुुढिगंगा नगरपालिकाले भने पछाडि परेका बर्ग आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई सेनिटरी प्याड सँगै स्वच्छता सामाग्रि हस्तान्तरण गरिरहेको छ । नगरपालिकाले अन्य समुुदायमा यसरि निरन्तर रुपमा बितरण गर्ने वताएको छ । बिपन्न तथा पछाडि परेका बर्गलाई यसरि सहयोग गर्दा यसबाट शैक्षिक क्षेत्रमा निम्न बर्गका बिद्यार्थीहरु र समाजमा रहेका निम्न वर्गका महिला दिदी बहिनीहरुले ठुलो सहयोग भएको नगरउपप्रमुख तारा थापाले वताएकि छन् ।स्थानिय जौमति बिकले भनिन्, महिनावारी भएको बेला सेनिटरी प्याडको प्रयोग गर्नुपर्छ भनेको थियो, तर अहिले सम्म किन्न र पहुुँचमा थिएन्, पहिलो पटक पाँउदा खुशि भएको वताईन् । सोही गाँउका २ सय २९ परिवारका दलित महिलाले सेनिटर प्याड तथा स्वच्छता सामाग्रि पाएको उनले वताईन् ।नगरपालिकामा महिनावारी स्वच्छता सामाग्रि सहयोग मानवीय सेवामा अनेकौ प्रयास नामक गैर सरकारी संस्था लगायत अन्य गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । नगरपालिका भरिका बिद्यालयमा सेनिटरी प्याड निशुुल्क बितरण गरिरहेको छ । यसले गर्दा महिनावारी भएको बेला बिद्यालय नआउने समस्या हटदै गएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here