सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको

काठमाडौं । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ ।

सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले

frontline

आइतबार सैनिक मूख्यालय जंगी अड्डामा गर्नुभएको पत्रकार सम्मेलनमा सेनापति थापाले यस्तो बताउनु भएको हो ।

देशमा विकसित राजनीतिक परिस्थिति संवैधानिक तरिकाले नै समाधान होस भन्ने चाहेको भन्दै उहाँले अहिलेको अवस्थाले समस्या पनि ल्याउन सक्ने बताउनुभयो ।

राष्ट्रको सुरक्षा सबैको सामुहिक र साझा प्रयासबाट हुने भन्दै प्रधान सेनापति थापाले सेनालाई कमजोर नसम्झन र यसको विगतको ईतिहास हेर्न पनि अनुरोध गर्नुभयो ।

नेपालको भौगोलिक अवस्थितिका कारण सैनिक संगठन महत्वपूर्ण भएकोले सेनाको संख्या घटाउनु भन्दा पनि रिसाइजिङ गर्नु पर्ने उहाँको सुझाव थियो ।

यसका लागि प्रशस्त गृहकार्य र छलफल आवश्यक रहेको भन्दै थापाले सेना आधुनिक हातहतियार, स्रोत साधनयुक्त भए मात्रै संख्या पुनरावलोकन वा राइट साइजिङ गर्न सकिने बताउनुभयो ।

सेनाले गर्ने विकास निर्माणका कामका क्रममा हुने ठेक्का पट्टाबाट कसैले आर्थिक अनियमितता गर्ने आँट नगर्ने दाबी गर्दै उहाँले सेनाका ईञ्जिनियरहरुलाई विकास निमार्णमा लगाउँदा सेनाको क्षमता अभिबृद्धी हुने बताउनुभयो ।

सेनाले सरकारको निर्देशन र संविधानको दायरामा बसेर राष्ट्रिय आवश्यकता र राष्ट्रिय स्वार्थबाट फास्टट्राक लगाएतको विकास निमार्णमा हात हालेको यसमा व्यापारिक स्वार्थ नभएको दावी उहाँले गर्नुभयो ।

कोरोना महामारीलाई नियन्त्रण गर्न सबैको साझा र सामुहिक प्रयास आवश्यक रहेको भन्दै प्रधानसेनापति थापाले कोरोनाको भेरियन्ट र लहर अनुसार नियन्त्रणको रणनीति बनाउनु पर्ने बताउनुभयो ।

आफ्नो कार्यकालमा चार पृतना अर्थात थ्री प्सल वान कमाण्ड, सेनाको पुनसंरचनालगायत विभिन्न संगठात्मक संरचनाका काम भएको भन्दै कार्यकालको बाँकी समय पनि राष्ट्रधर्मको रुपमा जवाफदेहिता साथ पूरा गर्ने बताउनुभयो ।

थापाको कार्यकालमा भएका कामहरुको संगालो ‘परिवर्तनका पहलकदमीहरु’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here