सेनाद्वारा मनाङबाट ६३ बाढि प्रभावित स्थानीयको उद्धार
पोखरा । मनाङमा राहत सामग्री ढुवानी गर्न गएको नेपाली सेनाको टोलीले नेपाली सेनाले मनाङबाट ६३ जनाको उद्धार गर्दै पोखरा र काठमाण्डौँ लगेको छ ।
देशको विभिन्न स्थानमा गएको बाढिपहिरोमा खोज,उद्धार तथा राहत वितरण गर्न खटिएको नेपाली सेनाको टोलीले देशको विभिन्न ३ स्थानमा राहत सामग्री सहित अस्थाई बसोवासको समेत व्यवस्था गरिदिएको छ ।
लगातार परेको वर्षाको कारण मनाङमा जिल्ला नै प्रभावित बनेको थियो ।
मनाङको नार्पाभूमिमा हेलिकप्टर मार्फत मेडिकल सामग्री र पाल ढुवानी गर्न गएको नेपाली सेनाको हेलिकप्टरले फर्कने क्रममा बाढि प्रभावित स्थानीयको उद्धार गरेको हो ।
उद्धार गरेका मध्ये ३७ जनालाई पोखरा र २६ जनालाई काठमाण्डौँ लगिएको छ ।
यस्तै चामे गाउँपालिकास्थित स्यालकु खोलामा नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुको सहकार्यमा २ वटा अस्थायी काठेपुल समेत निर्माण गरेको छ ।
मनाङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा खोलाले कटान गरेको स्थानमा ग्याबिन जालिमा ढुङ्गा भर्ने, हेलम्बु गाउँपालिकामा विस्थापित परिवारहरुलाई ३६ वटा अस्थायी बासस्थानको व्यवस्था र हेलिकप्टर मार्फत् ३ स्थानमा राहत सामग्री ढुवानी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्