सेतोपुलस्थित मातृका आँखा अस्पतालमा शंकास्पद वस्तु फेला

काठमाडौं । राजधानीको सेतोपुलस्थित मातृका आँखा अस्पतालमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त वस्तु पहिचान गर्न र सुरक्षित तरिकाले नष्ट गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको छ ।

frontline

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी रमेश बस्नेतले सेनाको डिस्पोजल टोली आइपुगेको जानकारी दिए ।

‘डिस्पोजल टोलीले शंकास्पद वस्तुको पहिचान गर्ने काम थालेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here