सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

१० माघ, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

frontline

ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here