सेती अस्पतालमा दुई संक्रमितको मृत्यु

श्रोत : ईन्टरनेट

शनिबार, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

frontline

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी थिइन् ।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो भने अर्का मृतकको साउन २१ गतेदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

साउन यता कोरोनाका गम्भीर संक्रमितको संख्या वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल कोभिड अस्थायी अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेको छ ।

उनीहरुमध्ये सातजनाको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here