सेता दिनहरु

बाबुराम श्रेष्ठ यात्री सिन्धुली ।।

दुर क्षितिजबाट सर्दै सर्दै
एकनाश चलिरहेको
जिन्दगी तर्साउन
हाम्रो जस्तै
थुप्रै सपनाहरु भत्काउन
खुला आकाशमुनिको घरमा
निर्भिक पस्छ
सेता दिनहरु
हामी बार्न चहान्छौ
यताउता चारैतिर
बैशले उन्मुक्त साढेहरु जुद्छन
निर्बाङ्ग बारहरु भत्काउछ छिर्छ
अनि आगोको राप जस्तै
ज्वोरो फुटाउछ
स्वास बन्द गराउछ
ढलाउछ र खेलाउछ
मान्छेबाट मान्छे त्रसित हुने खेल
अचम्म लाग्दो उद्धेक लाग्दो
गाउँ शहरमा
मानवियता नै सङ्कटमा पार्छ
सेता दिनहरु ।
कति कति मान्छेहरु
बिना कसुर
मसानघाट पुगे
कतिका रोजिरोटी खोसिए
आफ्नै देश जान आफ्नै घर जान
लामा आख्यानमा अल्झदै
अव्यवस्थित क्वारेन्टाइनमा
आँखा रातो पार्दै
बिरानो देशको जस्तै
निम्छरा अनुहारहरुले
एक फाको चिउरामा
महिनौं पाइताला गलाए
तैपनि आफ्नै देश आफ्नै गाउँ
टेक्न पाइएन
सेता दिनहरुमा
अखबारको पानाभरी
फेसबुक टुइटरको वालभरी
भ्रष्ट शासकका कु–कार्यहरु
छरपस्ट सुनिन्छ ÷देखिन्छ
ज्यानको बेपर्बाह
बन्दाबन्दिमा हुलहरु
घन्टाघर माइतिमन्डला र रत्नपार्क तताउछ
गुमनाम उनिहरु
पिसिआर आरडिटिको दायरा बढाएको उ
द्घोष गरिरहन्छ
बेसार पानीको उखानले
हासोको फोहरा छुटाउछ
उता रोगले भन्दा भोकले डर त्राशले
सङक्रमित बढिरहन्छ
ढुकुटी रित्तियो चुल्हो बल्दैन
के हामि अनागरिक हौ सरकार ?
सेता दिनहरुमा।।।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here