सुस्तामा भारतीय एसएसबीले विना अनुमती ड्रोनबाट सीमा अनुगमन, स्थानीयले जानकारी गराउँदा पनि नेपाल सरकार मौन
२२ कात्तिक, काठमाडौं : नवलपरासीको सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले विना अनुमती ड्रोनबाट सीमा अनुगमन गर्दा समेत नेपाल सरकार भने मौन बसेको छ ।
सुस्ता गाउँपालिका–५ को एक नम्बर ठोक्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयबासीले बताएका छन् ।
स्थानीयबासीले प्रहरीलाई जानकारी गराउँदा पहरीले उनीहरुलाई रोक्ने प्रयास समेत नगरेको स्थानीयबासीको आरोप छ । सुस्तामा निर्माणाधीन झोलुंगे पुल नजिकमा बसेर एसएसबीका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेका हुन् । ्
स्थानीयहरु उनीहरूले नेपाली भूभागको नक्सांकन गरेको हुनसक्ने बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हो ।
नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको समेत बताइएको छ ।
आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भूभागको नक्सांकन गरेको स्थानीयको भनाई छ ।
भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन । सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ ।
सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।
प्रतिक्रिया दिनुहोस्