सुर्यविनायक नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेको जिते

५ जेठ, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । मेयरमा एमालेका बासुदेव थापा र उपमेयरमा एमालेकै सरिता भट्टराई निर्वाचित भएका हुन् ।

थापा १४ हजर ७५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निसान ढुङ्गेलले १३ हजार २३२ मत ल्याए ।

frontline

त्यस्तै उपप्रमुखमा भट्टराईले १४ हजार ४ सय ९० मत पाएकी छन् । दोस्रोमा रहेकी नेकपा एसका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याए । यो नगरमा कांग्रेस र नेकपा एसबिच तालमेल थियो ।

सुर्यविनायकमा यसअघि पनि एमालेबाट थापानै प्रमुखमा विजयी भएका थिए भने उपप्रमुखमा नयाँ अनुहार ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here