सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालमा सुर्तीजन्य पदार्थको सेवन रोकथामका लागि कानुनी र स्वास्थ्य सेवाको कार्यान्वयन आवश्यक छ।
  • विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा यस बानीलाई नियन्त्रण गर्न सहयोग केन्द्र स्थापना गर्न सुझाव दिइएको छ।

सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्या बनिरहेको छ । यो वर्षेनी लाखौं व्यक्तिको मृत्यु र अपांगताको कारण बनिरहेको छ । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न क्यान्सर तथा दीर्घरोगहरू निम्त्याउँछ ।

frontline

यो एउटा यस्तो जनस्वास्थ्य समस्या हो, जुन हाम्रो प्रयासले नियन्त्रणमा ल्याउन सक्छौं । नेपालमा आधा भन्दाबढी पुरुषहरूले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांकले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले नेपालमा फोक्सो र मुखको क्यान्सरको बिरामी बढिरहेको पाइन्छ ।

सुर्तीजन्य पदार्थको सेवनले समाजमा बहुआयामिक दृष्टिले नकारात्मक असर पुर्‍याउँछ । व्यक्तिको समग्र स्वास्थ्य जोखिमपूर्ण हुनुका साथै रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ।

सार्वजनिक स्थलमा चुरोट खानुले आम जनताको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्‍याउँछ ।

चुरोट तथा विभिन्न सुर्तीजन्य पदार्थको सेवनले निम्न आय भएका व्यक्तिमाथि आर्थिक भार पनि थपिरहेको हुन्छ। साथै पछि दीर्घकालीन रोगको चपेटामा परेपछि उपचार खर्च र स्वास्थ्य संस्थामाथि बोझ झन् बढ्ने नै भयो ।

बिरामीको सङ्ख्या बढ्नुले सम्पूर्ण क्षेत्रमा उत्पादकतामा कमी र आर्थिक संकट बढने निश्चित छ । सुर्तीजन्य पदार्थ बनाउने उद्योगले धेरै मात्रामा स्रोतसाधनहरू, कच्चा पदार्थ र पानीको उपयोग गरी वातावरणमा पनि नकारात्मक असर पुर्‍याउँछ ।

जङ्गलमा आगो लाग्नुमा चुरोट एक प्रमुख कारणको रूपमा रहेको पाइन्छ । यस वर्ष विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको विषय सुर्तीजन्य पदार्थ उद्योगको छलबाट बचौँ भन्ने छ । यी उद्योगहरूले हानिकारक सुर्तीजन्य पदार्थलाई यसरी विज्ञापन गर्छन् मानौं यी सबैले सेवन गर्नैपर्ने कुरा हो ।

उनीहरूले यसलाई एक किसिमले समाजिक अपनत्व बढाउन खोजिरहेका छन् । तर अझैं पनि हाम्रो सामाजमा सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक हुन्छ र अन्तिममा भेदभावको पनि शिकार हुनसक्छ ।

सुर्तीजन्य पदार्थको सेवनले केवल एक व्यक्तिलाई मात्र असर गर्दैन, यसले समग्र परिवार, समाज र देश नै प्रभावित हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति र उसको परिवारको जीवनस्तर घटदै जान्छ । यो एक कानुनी वैद्य पदार्थ भएकोले बजारमासजिलै उपलब्ध हुनेगरेको छ । बच्चा, महिला र वृद्धवृद्धाले पनि सजिलै खरिद गरी उपभोग गरिरहेका हुन्छन् ।

नेपालमा सुर्तीजन्य पदार्थ रोकथामका लागि विभिन्न ऐन/कानुन बनेका छन् । तर, फितलो कार्यान्वयनका कारण जनस्वास्थ्यमा राम्रो सफलता हासिल गर्न सकेको छैन।

हरेक वर्ष सुर्तीजन्य पदार्थको सुरुवात गर्ने र यसको उपभोग गर्ने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको छ । राष्ट्रिय तथा स्थानीय तहमा पनि कुनै पनि स्वास्थ्य संस्था जसले चाहिँ सुर्तीजन्य पदार्थ छोड्ने चाहने व्यक्तिलाई सहयोग तथा परामर्श गर्ने स्वास्थ्य संस्थाहरू खासै छैनन् ।

सुर्तीजन्य पदार्थ रोकथामका कुराहरू कागजमा मात्र सीमित हुँदा समस्या जस्ताको तस्तै रहेको देखिन्छ । यसबाट लाभान्वित हुने संस्था र व्यक्तिहरू आफ्ना ग्राहकहरू कम नहुने भन्ने नियत राखिरहेका हुन्छन्।

अहिले नै तुरून्त गर्नुपर्ने कदम भनेको नेपालमा सुर्तीजन्य पदार्थ छाड्न चाहनेहरूका लागि रोकथाम तथा सहायता केन्द्र स्थापना हो ।

जनस्वास्थ्य दन्त चिकित्सकहरू पहिला व्यक्ति हुन्, जसले सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाई यो बानी त्याग्न सहयोग गर्न सक्छन् । यी केन्द्रहरूमा आवश्यक विशेषज्ञ र विभिन्न स्वास्थ्यकर्मीहरू राखी ‘टेली मेडिसिन मोडल’मा देशभरि यो सुविधा पुर्‍याउनुपर्ने आवश्यकता देखिन्छ।

एक केन्द्रीय कमाण्ड सेन्टर जसले सम्पूर्ण देशभरिको स्वास्थ्य केन्द्रसँग समन्वय गरी यस्ता सुर्तीजन्य पदार्थ छोड्न चाहनेहरूलाई सहयोग गर्न सकून्न । यो विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसमा हामी सबै आफ्ना परिवार, समाज र देशलाई यस पदार्थबाट टाढा राख्ने संकल्प गरौं ।

सुर्तीजन्य पदार्थ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here