सुर्खेत वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हट्यो

१९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबारबाट हटेको छ । बिहान ६ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटेको हो ।

निषेधाज्ञा हटेसँगै जनजीवन र दैनिकी सामान्य बन्दै गएको छ । एमसिसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो।

frontline

मंगलबार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो।

बुधवार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आईसकेकोले बिहिबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाईएको जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here