सुर्खेतमा योगदान रास्ट्रका लागीद्वारा आयोजित पाँचदिने प्राथमिक उपचार तालिम सम्पन्न

फ्रन्टलाइन खबर। अन्तर्राष्ट्रिय प्रशिक्षक तथा योगदान राष्ट्रको लागि अभियान का केन्द्रिय अध्यक्ष ओम उप्रेती द्वारा योगदान राष्ट्रका लागी संस्थाको आयोजनामा सुर्खेतमा ५ दिने प्रदेश स्तरिय तालिम सम्पन्न भएको छ । प्राथमिक उपचारको महत्त्वलाई दर्साउँदै योगदान राष्ट्रका लागी संस्थाले सञ्चालनमा ल्याएको ५ दिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा करिब ११० जना युवा लगायत सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्रनगर नगरपालिकाका मेयर देब प्रसाद सुवेदीले सकारात्मक काममा अगाडि बढ्ने युवाहरूलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दुर्घटनामा परेकाको प्राथमिक उपचार गरिए ठुलो क्षती हुनबाट जोगिने बताउनुभयो ।

कर्णाली प्रदेशको सबै जिल्ला बाट युवाहरूको सहभागिता रहेको उक्त तालिममा घाटीमा केही अड्किएमा, करेन्ट लाग्दा,हदयघात हुदा,बिष सेवन, आगोको पोलाई मा , पानिमा डुबे, दुर्घटनामा परे, लगायत अचानक गर्न सकिने १८ किसिमका समस्यामा प्राथामिक उपचारबारे ५ दिने तालिम दिइएको थियो । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती, केन्द्रीय लेखा संयोजक रमीला श्रेष्ठ लगायत केन्द्रीय कोषाध्यक्ष राहुल कौशल सुदुर पश्चिमाञ्चल संयोजक कृष्ण बटालाको पनि उपस्थित थियो । प्रदेश स्तरीय तालिममा जिल्लाका युवाहरूको सहभागिता रहेको योगदान राष्ट्रका लागी जिल्ला सुर्खेत अध्यक्ष मानव रोकाय ले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन कर्णाली प्रदेश संयोजक अनिल ढकालले गर्नुभएको थियो। योगदान रास्ट्रका लागीले आगामी दिनमा अझै सशक्त ढंगबाट देशव्यापी अभियान लैजाने तयारी गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here