सुर्खेतमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु

८ माघ, सुर्खेत  ।   जीप दुर्घटना हुदाँ सुर्खेतमा चार जनाको मृत्यु भएको छ । सुर्खेको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

frontline

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।

चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । घाइते एकजनाको उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here