सुरज आर्केडको पसलका सामान हटाउदै, भत्काउन दुईवटा डोजर तयार

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन थालेको छ ।

 महानगरपालिकाको टोली पुगेर नगर प्रहरीले सामान हटाउन समय दिने बताएपछि सामान हटाउन सुरु गरिएको हो ।

frontline

अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । आर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिकाले दुईवटा डोजर तयार गरिएको छ ।

मेयर बालेन्द्र साहको नेतृत्वमा महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here