सुन र चाँदीको मूल्य बढ्यो
१९ माघ, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य ९१ हजार ९ सय र तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्