सुन तस्करी प्रकरण : दुई लाख धरौटीमा छुटे गोरेका भाई रमेश

श्रोत : ईन्टरनेट

२३ पुस, काठमाडौं । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

frontline

रमेश उप्रेती साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार (आज) धरौटी बुझाएर छुटेका छन् ।

सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि गत मंगलबार मात्रै उप्रेती युएईबाट नेपाल आएका थिए ।

त्यसपछि प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here