सुन्दरीजलमा बागमतीमा खसेको युवकको जिवितै उद्धार

२८ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेको युवकको जिवितै उद्धार गरिएको छ ।

शनिवार दिउँसो साढे ४ बजेतिर एक जना व्यक्ति चिप्लिएर बागमतीमा खसेको र ढुंगामा अड्किएर बसेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

frontline

खोलामा मानिस खसेको जानकारी पाएपछि प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले स्थानीय नेपाली सेनासमेतको सहयोगमा ती व्यक्तिको उद्धार गरेको हो । 

खोलामा अड्किएका उनको दिउँसो साढे ५ बजेतिर उद्धार गरिएको सुन्दरीजलस्थित प्रहरी प्रभागले बताएको छ । उद्धार गरिएको युवकको पहिचान भने खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here