सुनितामी-‘ढुंगा जस्तो मन’ को चर्चा

केही समय अघि बजारमा आएको लोकदोहोरी गीर्र्त ढुंगाजस्तो मन’ को चर्चासँगै गायिका सुनितामी परियार फुरुंग भएकी छिन् ।

हुन त यसअघि करिब ३ सय भन्दा बढी गीतमा मिठो स्वर भरिसकेकी सुनितामी यो गीतमा फरक आनन्द भएकाले स्रोता दर्शकले पनि उत्तिकै मात्रामा रुचाइदिनु भएकोमा आफूलाई खुसी लागेको बताउँछिन् ।

frontline

गीतमा रमेश बिजीको शब्द, जीवन परियारको संगीत रहेको छ । गीतमा सुनितामी परियार र सागर आलेको स्वर भरेका छन् भने सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

भिडियोमा गायक एवं सर्जक प्रकाश सपुतसँगै सगुन शाहीले अभिनय गरेकी छिन् । दुर्गा पौडेलको निर्देशन एवं छायांकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडियो सुनितामी परियारको निजी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको छोटो समयमा ३ लाखभन्दा बढीले हेरिसकोको यो गीतको भ्यूज दिनानुदिन बढीरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

poster-here