सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

१५ मंसिर, काठमाडौं । सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बुधबार सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । सुनको मूल्य लगातार तेश्रो दिन पनि घटेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

frontline

मंगलबार पनि सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको थियो।

बुधबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

यसअघि चाँदी तोलामा १५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २०५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here