सुनको मूल्य तोलामा चार सय घट्यो

काठमाडौँ । बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्यबिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

frontline

यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here