सुनको मूल्यमा आज पनि गिरावट

२३ असार, काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० ले घटेको छ। आज सुनको बजार मूल्य प्रतितोला ९४ हजार ६०० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९६ हजारमा कारोबार भएको थियो । बुधबार पनि एकै दिन सुनको मूल्यमा १ हजार ६ सयले गिरावट आएको थियो।

frontline

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here