सुदूरपश्चिम प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेर स्थगित

२८ असार, धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले बजेट पारित गर्न मुस्किल पर्ने देखिएको छ । सत्ता पक्षकै र विपक्षी दलका सांसदहरूको विरोधका कारण बजेटमाथि छलफल समेत हुन सकेको छैन । आज बोलाइएको प्रदेश सभा बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

केही दिनदेखि प्रदेशसभा बैठक लगातार स्थगित हुँदै आएको छ । आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले बताए ।

frontline

बिहानको बैठकमा बजेटमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । तर प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावल नै बैठकमा उपस्थित भएनन् ।

यस्तै प्रतिपक्षी नेकपा एमाले, जसपा र लोसपा तथा सत्ता पक्षमै रहेका कांग्रेस सांसद पनि उपस्थित भएनन् । गणपुरक संख्या पुग्न १४ जना सांसदको उपस्थिति चाहिन्छ ।

आजै दिउँसो ३ बजेको लागि पुनः प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here