सुदूरपश्चिममा पहिलो पटक ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डाेटिका एक/एक जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here