सुदूरपश्चिममा कोरोनाबाट थप ४को मृत्यु, ३२८मा संक्रमण

काठमाडौं । धनगढी सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

कैलालीका २ जना, कञ्चनपुर र बझाङका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

frontline

प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट एक हजार ५५१ जनाको परीक्षण गर्दा १४५ र पीसीआर विधिबाट ७८२ जनाको परीक्षण गर्दा १८३ जना गरी ३२८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here