सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै
१ असोज, बैतडी । बैतडीसहित सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदैछ। भाद्र १ गते गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ ।
‘बुढी’लाई राक्षशकी पुतनाको संज्ञा दिने गरिएको छ । रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ । यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ । सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ ।
सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ ।
यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ।
बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ । बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ।
प्रतिक्रिया दिनुहोस्