सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले गरे पदभार ग्रहण

२६ कार्तिक, धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार पदभार ग्रहण गरेका छन्। बिहीबार काठमाडौंमा राष्ट्रपतिबाट सपथ ग्रहण गरेपछि शुक्रबार मात्रै धनगढी आएका जोशीले चौथो प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेका हुन्। 

उनलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । नवनियुक्त प्रदेश प्रमुख जोशीले नेपालको संविधान २०७२ अनुसार जनताको सेवा गर्ने बताए । बाजुराबाट नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य रहेका जोशी भद्र व्यक्तिको रुपमा चिनिन्छन्। 

frontline

सरकार परिवर्तन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। सुदूरपश्चिमका लागि उनी चौथो प्रदेश प्रमुख हुन् । 

प्रदेश संरचनाको सुरुवातका बेला नेपाली कांग्रेसकै नेता मोहनराज मल्ल, केपी ओली शर्मा प्रधानमन्त्री भएका बेला सर्मिला पन्त र गंगाप्रसाद यादव प्रदेश प्रमुख भएका थिए 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here