सुदूरपश्चिमका तीन जिल्लामा विद्युतीय राहदानी सेवा पुनः सुरु

२४ असार, बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवा पुनः सुरु भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो।

frontline

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिइन्। बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो।

हालसम्म करिब ४ सय जनाले उक्त सेवा लिएका छन्। एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरू गरिएको थियो। यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here