सुदुरपश्चिमको बडिमालिकामा साढे ८ अर्ब लगानीमा केवलकार सञ्चालनको तयारी
सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा निजी लगानीमा केवलकार सञ्चालन हुने भएको छ । बाजुराको बुढीगंगा नगरपालिकाको बाम्कादेखि बडिमालिकासम्म ८ किलोमिटर लामो केवलकार सञ्चालन गर्न खप्तड बडिमालिका केवलकार पर्यटन विकास समितिले लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ ।
कम्पनीले गरेको प्रारम्भीक अध्ययनअनुसार केवलकार बनाउन साढे ८ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । विस्तृत अध्ययन पुरा भएपछि मात्र लगानी रकम यकिन हुनेछ । आन्तरिक लगानीबाट केवलकार बनाउने योजना कम्पनीले पेश गरेको लगानी बोर्डले जनाएको छ ।
बोर्डबाट अनुमति प्राप्त भएपछि केवलकारको थप संभाव्यता अध्ययन गरिने प्रर्वद्र्धक कम्पनी खप्तड बडिमालिकाले जानकारी दिएको छ । कम्पनी बोर्डको अनुमति पर्खाइमा छ । प्रसिद्ध तीर्थस्थल बडिमालिकालाई लक्षित गर्दै केवलकार सञ्चालन हुन लागेको हो ।
पछिल्लो समयमा केवलकारमा निजी लगानी बढिरहेको छ । नेपालका विभिन्न क्षेत्रमा एक दर्जन बढी केवलकार सञ्चालनको तयारीमा छन् । मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालन भइरहेको छ ।
यस्तै पोखराको बिरेठाँटीदेखि मुक्तिनाथसम्म ८० किलोमिटर लामो केवलकार पनि सञ्चालनको तयारी भएको छ । मौलाकाली, पोखराको पुम्दीभुम्दी र ताप्लेजुङको पाथिभरामा केवलकार सञ्चालनको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्