सुजिता भण्डारी : २५ दिनपछि देवघाटमा अन्त्यष्टि

श्रोत : ईन्टरनेट

चितवन । गत असार २० गते जिल्लाको राप्ती नगरपालिकास्थित ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेकी सुजिता भण्डारीको शवलाई आज आफन्तले बुझेर दाह संस्कार गरेका छन्।

सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो ।

frontline

तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।

यसअघि प्रहरीले खोजतलास नगर्दा हत्या भएको भन्दै दोषी गिरफ्तार नहुँदासम्म शव नबुझ्ने परिवार र स्थानीयले अडान लिएका थिए ।

‘शनिबार मात्रै प्रशासन र परिवारका सदस्यबीच यो विषयमा छलफल भएको थियो ।

प्रशासनबाट आश्वस्त भएर नै होला उहाँहरुले शव बुझेर सदगद पनि गर्नुभयो,’ स्थानीय एक जनाले बताए।

सुजिताको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो ।

शरीरमा ज्यानै जाने घाउ चोटहरु नदेखिएपछि चिकित्सकले भिसेरा परीक्षणका लागि नमुना पठाएका छन् । प्रहरी त्यही भिसेराको रिपोर्टको प्रतिक्षामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here