सुख्खा पहिरोमा पुरिएर वृद्धको मृत्यु

फाइल तस्बिर

२८ असार, गोरखा । पहिरोले पुरिएर गोरखाको सिरानचोक ६ गैरीगाउँमा एक वृद्धको मृत्यु भएको छ। जंगलमा दाउरा काट्न गएका ८० बर्षका सुकबहादुर गुरुङ मंगलबार साँझ साँढे पाँचबजेतिर माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाउने वित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिइ गएका प्रहरीले उद्धार गर्दा गुरुङको मृत्यु भइसकेको अवस्थामा भेटिएको डीएसपी लिलाराज लामिछानेले जानकारी दिए।

frontline

गुरुङको शव पोष्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here