सीले ट्रम्पलाई लगे ‘गोप्य स्थल’मा

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच चीनको चोङनानहाईमा भेटवार्ता भइरहेको छ।

सीएनएनका अनुसार चोङनानहाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व कक्ष हो, जसलाई चीनको लगभग ‘ह्वाइट हाउस’ बराबर मानिन्छ। यो लगभग १,५०० एकडमा फैलिएको छ, जहाँ ७०० एकडको ताल, मण्डप, बगैँचा र कार्यालय छन्।

frontline

शताब्दी पुरानो रातो गेरु रङको पर्खालले घेरिएको यो देशको सबैभन्दा गोप्य स्थलमध्ये एक हो, जसको माथि अनगिन्ती सीसीटीभी क्यामेरा छन्। अनि सुरक्षाकर्मीले निरन्तर गस्ती गरिरहेका छन्।

शुक्रबार बिहान सी ट्रम्पसँग कुरा गरिरहेको देखिएको छ। 

अमेरिकाका राष्ट्रपति ट्रम्पले परिसरको बगैँचाको प्रशंसा गरे। 

एक चिनियाँ अधिकारीले पत्रकारहरूलाई पछाडि हट्न आग्रह गर्दै भने, ‘नेताहरू निजी कुराकानी गर्न चाहन्छन्।’

बेइजिङको बाँकी भागको तुलनामा यो यति शान्त छ कि जहाँ चराको चिरबिर आवाज सुन्न सकिन्छ। 

ट्रम्प त्यहाँ पुग्दा स्थानीय समय बिहान ११ बजेको थियो। 

एक चिनियाँ व्यक्तिले पत्रकारहरूलाई भने, ‘यो एकदमै निजी ठाउँ हो।’ 

चीनको राजकीय भ्रमणका लागि ट्रम्प प्रतिनिधिमण्डलसहित बुधबार बेइजिङ पुगेका हुन्। उनी चीनमा ३ दिन रहनेछन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here