सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्‍यो उडानहरू रद्द

नयाँ दिल्ली । भारत  पाकिस्तानबिच युद्धविरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको छ । भारतको निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन् । 

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ । 

frontline

इन्डिगोले पनि मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर  राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ । एड्भाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।

चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० भारत  पाकिस्तानबिच युद्धविराममा सहमति भएको थियो । तर भारतीय सेनाले सोमबार जम्मू कश्मरीको साम्बा सेक्टरमा शंकापद ड्रोन देखिएको बताएको छ ।

#एयर इन्डिया

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here