सीमावर्ती क्षेत्रमा फैलियो झाडापखाला, ७ वर्षीया बालिकाको मृत्यु, १७ जना बिरामी

३ भदौ, दाङ । दाङको सीमावर्ती क्षेत्रमा झाडापखाला फैलिएको छ। राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको र  १७ जना बिरामी भएका छन्।

बिरामीमध्ये तीन जना सिकिस्त छन्। राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारकाे मृत्यु भएको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए। झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली पुगेको छ।

frontline

बिहीवार दिउँसोबाट झाडापखालाका बिरामी देखिएका थिए। बिरामीको घरमा उपचार थालिएको छ। स्थानीय भैंसाही खोलाको दूषित पानी खाँदा झाडापखाला फैलिएको प्रारम्भिक जानकारी दिइएको छ। खोलाको पानी धमिलो छ। जुन पानी स्थानीयले खाँदै आएका छन्।

राजपुर गाउँपालिका– ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षीया अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षीय लालमति परियार, उनकी छोरी ३ वर्षीया सपना परियार, ५३ वर्षीय सेषमति बुढाथोकी, २३ वर्षीय विमला राना, डेढ वर्षीय बालक हिमाल राना, ४ वर्षीय सुदीप राना, ४३ वर्षीय  बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका अन्तर्गत राजपुर स्वास्थ्य चौकिका प्रमुख रावतले जानकारी दिए।

यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका– ७ भैसाहीनाका निवासी ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीय प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीय अम्बा पुन, २७ वर्षीय शोभा गिरि, ३७ वर्षीय सुनमाली कवर, ३३ वर्षीय पार्वती कवर, डेढ महिनाकी बालिका तुलसी घर्ती छन्। सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ।

राजपुर गाउँपालिकाअन्तर्गत राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद विकलगायत स्वास्थ्यकर्मी स्थलगत रुपमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here