सीके राउतको शपथ बदर गर्न माग गर्दै संसद् सचिवालयलाई ज्ञापनपत्र

श्रोत : ईन्टरनेट

८ पुस, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको शपथ बदर गर्न माग गर्दै संघीय संसद् सचिवालयलाई ज्ञापनपत्र बुझाइएको छ ।

मैथिली साहित्य परिषद् सप्तरी, मिलाफ नेपाल र आई लभ मिथिला गरी तीनवटा मिथिला मैथिली क्षेत्रमा काम गर्दै आएको संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत संघीय संसद् सचिवालयमा शपथ बदरको माग गर्दे ज्ञापनपत्र बुझाएका हुन् ।

frontline

“मैथिली भाषी क्षेत्रबाट प्रतिनिधित्व गरेर यसै क्षेत्रको लोकप्रिय मतबाट राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको जनमत पार्टीद्वारा ‘मधेशी भाषा’ भनेर एउटा नयाँ भाषा जो कहिल्यै कुनै भाषा वैज्ञानिकद्वारा प्रकाशित कुनै लेख, नेपालको केन्द्रीय तथ्यांक विभाग तथा कुनै पनि आधिकारिक दस्तावेजमा नरहेको यस भाषामा शपथ लिने र शपथ दिलाउने संसद् सचिवालयद्वारा मान्यता दिने जुन कार्य भएको छ, त्यो अनाधिकार, अनुपयुक्त र प्रचलित ऐन कानुनविपरीत रहेको र यसले खुलेआम कानुनको उपहास उड़ाउने काम भएको छ,” ज्ञापनपत्रमा भनिएको छ ।

मैथिली साहित्य परिषद्का अध्यक्ष सत्तिशकुमार दत्त, मिलाफ नेपालकी अध्यक्ष रमिला साह र आई लभ मिथिलाका अध्यक्ष विद्यानन्द वेदर्दीले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई बुझाएको ज्ञापनपत्रमा “मैथिली भाषीको भावना उपर गम्भीर ठेस पुगेको यस कार्यलाई संसद् सचिवालयले तुरन्त फिर्ता लियोस् भन्ने माग गर्दै जनमत पार्टीद्वारा लिइएको यस शपथलाई अवैध ठहर गरी उनीहरुलाई पुनः शपथ ग्रहण गराइयोस भनी माग गर्दछौँ” भनिएको छ ।

यसअघि, मधेशी आयोगले संसद् सचिवालयलाई पत्राचार गर्दे पुस ७ गतेको औपचारिक कार्यक्रममा सीके राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा आयोग तथा मधेसी आयोगमा सूचीकृत नरहेको ’मधेसी भाषा’मा शपथ गराइएको भन्दै स्पष्टीकरण सोधिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here