सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण

श्रोत : ईन्टरनेट

२५ कार्तिक, ललितपुर । सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण गरिएको छ। बुधबार ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री पम्फा भुसालले सरकारको विपत् राहत कोषबाट आठ लाख ५० हजार रकम पीडितलाई हस्तान्तरण गरेकी हुन्।

गत शुक्रबार सिलिन्डर विस्फोट हुँदा पाटन मंगलबजारमा एकै परिवारका चारजनाको मृत्यु भएको थियो। विस्फोटमा दुईजना घाइते भएका थिए । घाइतेमध्ये एकजना निको भएका छन् भने अर्का एकजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। सिलिन्डर विस्फोट हुँदा सिंगो घर नै जलेकोले पीडितलाई राहत संकलन गरिएको हो।

frontline

सशस्त्र प्रहरीले पनि बुधबार ३० हजार पाँच सय रकमसहित चामल र न्यानो कपडा वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here