सिभिल बैंकको लाभांश घोषणा
६ पौष, काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्